अरिंगालले संसद तताएपछि…

१ आश्विन २०७५, सोमबार १६:५८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्ने विरुद्ध अरिंगाल जसरी झम्टिनुस् भनेर अभिव्याक्ति दिँदा अहिले मुलुकमा यसको चर्चा भएको छ । सामाजिक सञ्जाल फेसबुकमा भाईरल बनेको उनको यो अभिब्याीक्तले आज संसदमा पनि बबाल मच्चाएको । यसको बहसले आजको संसद तातेको पाईन्छ । यस विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच दोहोरी चलेको पाईन्छ ।

संसदमा प्रतिपक्ष प्रतिपक्षका सांसदले प्रधानमन्त्रीको भनाईको विषयमा संसदमा आपत्ति जनाएपछि सत्तापक्षका सांसदले बचाउ गर्दै गलत प्रचार गरिएको दाबी गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदले प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले गैर-जिम्मेवार अभिव्यक्ति दिएको भन्दै विरोध जनाएका हुन्। सांसद संजय गौतमले प्रधानमन्त्री नेकपाको मात्र नभई सबैको साझा भएकाले यस्तो अभिव्यक्ति दिनु आपत्तिजनक भएको उल्लेख गरे।

प्रधानमन्त्रीले संगठित अपराधीको प्रमुखले जसरी गैरजिम्मेवार अभिव्यक्ति दिएको मिनाक्षी झाले बताइन्। ‘प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा बसेर संगठित अपराधीको जस्तो बोल्न मिल्छरुु झाले संसदमा प्रश्न गरिन्। सांसद मिना पाण्डेले प्रधानमन्त्रीको भनाइ लज्जास्पद भएको उल्लेख तर्क गरिन्। प्रधानमन्त्रीले कसलाई भन्न खोजेको हो संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गरिन्।

सा‌ंसद राजन केसीले प्रधानमन्त्रीको भनाई आत्तिजजनक रहेको भन्दै यस्तो अभिव्यक्तिले जनतामा आतंकित बनाउन खोजेको हो भनी प्रश्न गरे। ‘निर्मला पन्तको हत्यारा पत्ता लगाउ भन्नु, ३३ किलो सुनकाण्डको छानबिन गर भन्नु, मण्डलालमा प्रर्दशन गर्न पाउनुपर्छ भन्नु अपराध होरु यदि हो भने प्रधानमन्त्रीको जवाफ चाहियो’ संसदको शून्य समयमा बोल्दै केसीले प्रश्न गरे।

अरिंगाल बन्न कार्यकर्तालाई निर्देशन दिनु आफैमा गलत भएको सांसद गौतमले बताए। ‘हाम्रो पनि प्रधानमन्त्री वहाँ नै हो। मेडिकल माफिया, ठेकेदार , बलात्कार र अन्य हिंसा र अराजकताका घटना बढेकै छन्’ उनले भने ‘यस्ता घटना नियन्त्रण गर्न माग गर्दा कार्यकर्तालाई विरोध गर्नेलाई अरिंगाल झैं खन्निनु भनी निर्देशन दिन मिल्छरु’

नेकपाकी सांसद पम्फा भुसालले अरिंगालको नाममा प्रधानमन्त्रीको भनाईको गलत प्रचार गरेको टीप्पणी गरिन्। प्रधानमन्त्रीले अर्को प्रस‌ंगमा भनेको कुरा प्रतिपक्षीले गलत प्रचार गरेको आरोप उनले लगाइन्।

समाजमा विकास हुँदै गएको महिला हिंसा र सरकारलाई बदनाम गराउने घटनाप्रति प्रधानमन्त्री ओलीले दिएको सन्देश गलत प्रचार गरेर अरिंगाल झैं आक्रमण गर्न निर्देशन दिएको भनी गलत सन्देश फैलाउने कार्य भएको टीप्पणी गरिन्।