सबै श्रमिकलाई सामजिक सुरक्षाको प्रत्याभुति हुनुपर्नेः अर्थमन्त्री खतिवडा

३१ भाद्र २०७५, आईतवार १५:०४

अर्थमन्त्री डा. युवराज खतिवडाले देशभित्रको श्रमबजारमा रहेका सबै प्रकारका श्रमिकलाई सामजिक सुरक्षाको प्रत्याभुति हुनुपर्ने बताएका छन्। कर्मचारी संचय कोषको ५७ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै खतिवडाले सरकार सबै श्रमिकलाई पेन्सनको दायरामा ल्याउन कानून बनाउन लागिरहेको जानकारी दिए।

सार्वजनिक र संगठित निजी क्षेत्रका कर्मचारीहरुको लागि संचय कोषको व्यवस्थापन गरिरहेको कोषको कार्यक्रममा बोल्दै खतिवडाले सरकारी कर्मचारीको अवकाश योजना एउटै बनाइने बताए। अहिले सरकारी संस्थाहरुबीच पनि फरक फरक अवकाश योजना रहेको र कतिपयमा दोहोरिएको भन्दै एकद्वारमा ल्याइने उनले जानकारी दिए।

हालै सरकारले योगदानमा आधारित पेन्सन संसदमा पठाएको छलागू गर्ने कानून । संचय कोष पनि त्यस्तै योगदानमुलक दोहोरो अवकाश योजनामा रहेको छ। एकातिर सरकारी कर्मचारीले दोहोरो सुरक्षा पाउने अर्कोतिर ठुलो समूह बाहिर बस्ने अवस्था रहेको भन्दै आलोचना भइरहेको छ।

निजी क्षेत्रमा काम गर्ने तर अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरुलाई पनि पेन्सन जस्ता सामाजिक सुरक्षाको दायरामा ल्याउनको लागि सरकारले कार्यविधि बनाइरहेको उनले जानकारी दिए।

खतिवडाले संचय कोष अल्पकालिन लाभ हुने ब्याजको लालचमा फस्न नहुने बताए। ठूलो पुँजी भएको कोषजस्ता संस्थाले दिर्घकालिन लगानी गर्नुपर्ने र बजारमा पुँजी परिचालनलाई चलायामान बनाउनुपर्ने उनको सुझाव छ।