उदयपुरका दुई स्थानमा भेटियो बम

३१ भाद्र २०७५, आईतवार ०९:३८

उदयपुरको दुई स्थानमा बम भेटिएको छ । उदयपुरको कटारी नगरपालिकास्थित विभिन्न दुई स्थानमा आइतबार बिहानै बम फेला परेको हो।

कटारी नगरपालिका–४ स्थित मुख्य बजार शुभकामना चोक र बरुवा खोलाको पुल नजिक सुतली बम फेला परेको उदयपुर प्रहरीले जनाएको छ। बमको बारेमा गस्तीमा रहेको प्रहरीलाई स्थानीयले जानकारी दिएका थिए।
नेपाली शेनाको कटारी–१, वेलसोतस्थित नयाँ सार्दुल गुल्मको टोलीले बम निष्कृय पार्ने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी मेघराज अधिकारीले जानकारी दिए। बम कस्ले र कुन उद्देश्यले राखेको हो भन्ने विषयमा हालसम्म खुल्न सकेको छैन।