
काठमाण्डौ । सरकारको तर्फवाट राजनीतिक बार्ता टोलीका संयोजक सोम प्रसाद पाण्डेले बिभिन्न असन्तुष्ट समूह संग बार्ताको पहल भइरहेको जानकारी दिएका छन । आयो टिभि संग कुरा गदै संयोजक पाण्डेले आइतवार केहि असन्तुष्ट समूह संग बार्ता हुने खुलासा गरेका छन । बिप्लव समूह सिके राउत लगाएतका समूह संग फोन बार्ता भइरहेको जानकारी समेत दिए ।
बार्ता प्रति आफू सकारात्मक भएको भन्दै बार्ताको माध्यम बाट समस्या समाधान गर्ने बताए । उनले भने, बार्ता नै समस्याको समाधान हो , बार्ता देखि कोही पनि भाग्नु हुदैन । सरकार बार्ता प्रति धेरै नै ईमान्दार छ । सबै पक्षलाई बार्ताका लागी ढोका खुला गरिएको भन्दै संयोजक पाण्डेले बार्ताको टेवुलबाट समस्याको समाधान खोज्न असन्तुष्ट समूहलाई आग्रह समेत गरे ।