निर्मला पन्त हत्यारालाई कार्वाहीको दायरामा ल्याउन राष्ट्रपतिको चासो

२९ भाद्र २०७५, शुक्रबार १८:३३

काठमाडौं । बलातकारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तको हत्यामा संलग्न अपराधीलाई कानुनी दायरामा ल्याउन राष्ट्रपति विद्यादेवी भण्डारीले आग्रह गरेकी छिन् ।

राष्ट्रिय बाल दिवस २०७५ का अवसरमा भएको कार्यक्रममा राष्ट्रपति भण्डारीले ‘ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनु सरह हो’ भन्ने मान्यतालाई गम्भीरतापूर्वक मनन् गरी हत्यामा सङ्लग्न अपराधीलाई कानूनी दायराभित्र ल्याई दण्डित गर्न सबै पक्ष सम्बेदनशील हुनु पर्ने बताईन ।

राष्ट्रपति भण्डारीले संविधानप्रदत्त बालबालिकासम्बन्धी मौलिक अधिकारलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न आग्रह गर्दै प्रभावकारी र व्यावहारिक कार्यान्वयनले मात्र बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार अन्त्य गर्न सकिने बताउनु भयो ।
कलिला बालिकामाथि हुने यौनजन्य हिंसा मानवताविरुद्धको कलङ्क हो, यसलाई जरैदेखि उखलेर फाल्नुपर्छ राष्ट्रपति भण्डारीको भनाइ छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले संविधानप्रदत्त बालबालिकाका अधिकार कार्यान्वयनमा ल्याउन आवश्यक ऐन तयार गरी मन्त्रालयले संसदमा प्रस्तुत गरेको बताईन ।