
काठमाडौं । भारतमा जारी चौकोणीय यू-१९ एकदिवसीय क्रिकेट सिरिजमा नेपाल ८ विकेटले पराजित भएको छ। यो संगै नेपालले यु-१९ अन्र्तगतको खेलमा लगातार दोस्रो हार बेहोरेको छ ।
लखनउमा जारी शुक्रबारको खेलमा दोस्रो नेपाल भारतको ‘ए’ टोलीसंग ८ विकेटले पराजित भयो ।
नेपालले दिएको १५७ रनको लक्ष्य भारतले २४ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभर ५ बलमा अलआउट हुँदै १५६ रन बनाएको थियो । नेपालका लागि सन्दीप जोराले ६६ रनको अर्धशतकीय इनिङस खेले ।
यस्तै तृत राज दासले ४६ रन जोड्दा भिम सार्कीले २८ रन जोडे । भारतका अजय देव गड र याई डी माङवानीले ४/४ विकेट लिए । अब नेपालले अफगानिस्तानको यू-१९ टोलीसंग खेल्नेछ ।
यस अघि पहिलो खेलमा नेपाल भारतको यू-१९ को ‘बि’ टिमसंग ४० रनले पराजित भएको थियो । भारतको ‘ए’ टिमको भने यो लगातार दोस्रो जित हो । उसले पहिलो खेलमा अफगानिस्तानको यू-१९ टोलीलाई १४० रनले हराएको थियो ।
भारतीय क्रिकेट बोर्डको योजनामा जारी सिरिजमा भारतको दुई गरी नेपाल र अफगानिस्तानका एक एक यू-१९ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।