
काठमाडौं – भारत भ्रमणबाट फर्किएको एक सातापछि नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि शनिवार चीन भ्रमणमा जाने भएका छन्
पार्टी एकतापछि प्रचण्डको यो पहिलो चीन भ्रमण हो ।
सरकारले लिएको आर्थिक समृद्धि र विकासको एजेण्डामा छिमेकी मुलुकको सहयोग अभिवृद्धि गर्नु आफ्नो भ्रमणको उद्देश्य रहेको प्रचण्डले बताउँदै आएका छन् ।
चीनमा रहँदा प्रचण्डले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको नेकपा स्रोतले बतायो ।