

निर्मला पन्तको हत्याराको खोजी माग गर्दै विहिबार माईतीघरमा गरिएको प्रदर्शनमा प्रदर्शनकारी सहित निर्मलाका आमाबुवा
काठमाडौं । बलात्कार संवेदनशील जस्तो संबेदनशिल विषयमा प्रहरीले हदैसम्मको संवेदनशीलता देखाउनुपर्ने भएपनि प्रहरीले नै बलात्कारका घटना लुकाउने गरेको समाचानर आजको अन्नपुर्ण पोष्टमा छ ।
समाचारमा भनिएको छ्, कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरी गम्भीर नबन्दा अनुसन्धान झन् जटिल बन्दै गएको छ। फलस्वरूप घटनाबारे गृहमन्त्री रामबहादुर थापाले संसदमै जवाफ दिनुपर्ने अवस्थासमेत सिर्जना भएको छ।
कञ्चनपुर घटनामा प्रहरीकै संलग्नतालाई लिएर अनेक आशंका उब्जिएका छन्। जनाउदै कारबाही गर्ने तालुक निकाय प्रहरी मुख्यालय र गृह मन्त्रालय संवेदनशील नभएको जनाईएको छ ।
त्यति मात्र होइन, निलम्बनमा परेका प्रहरीलाई पुरस्कृतसमेत गरिएको पाइएको छ। पछिल्लो एक वर्षमा भएका बलात्कारकै विभिन्न घटनाले पनि यस्तो पुष्टि गरेका छन्।
एक वर्षअघि दरबारमार्गमा एक किशोरीमाथि भएको सामूहिक बलात्कार भयो। उक्त घटनामा ढाकछोपका लागि प्रहरी कर्मचारीलाई केही दिन निलम्बन गरियो। तत्कालीन दरबारमार्ग वृत्तका डीएसपी तिलक भारतीलाई सरुवा पनि गरियो। प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी निलम्बनमा परे। ठकुरीले पैसा लिने सर्तमा उक्त घटना मिलाएको तत्कालीन प्रहरी अनुसन्धानबाट खुलेको थियो। तर ठकुरी अहिले चितवनमा कार्यरत छन्। आफ्नो जिम्मेवारी पूरा गर्न नसकेका भारती बर्दियाको इलाका प्रहरी कार्यालय राजापुरमा इन्चार्जका रूपमा कार्यरत छन्।
२०७४ पुसमा सुनसरीको इटहरीमा १४ बर्से बालिका बलात्कारको सिकार भइन्। उक्त घटनामा मिलापत्र गराएको आरोपमा जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विद्यानन्द माझी निलम्बनमा परे। तर उनलाई पनि सरकारले हालै राष्ट्रपतिका हातबाट प्रबल जनसेवा श्री पदकले सम्मान र्गयो। बलात्कार जस्तो संवेदनशील घटनामा मिलापत्र गराएको भन्दै निलम्बनमा परेका एसपी माझीले सम्मान पाउँदा संगठनभित्र हँसीमजाक भयो।
यी दुई घटनाले प्रहरीका कमजोरी उजागर गरेका छन्। सँगै निर्मला हत्या आरोपमा प्रहरीले कञ्चनपुरका दिलीपसिंह विष्टलाई पक्राउ गर्यो । विष्टको बानीव्यहोरा र पृष्ठभूमिलाई मात्रै प्रमाण बनाएर सीआईबी टोलीले उनलाई पक्राउ गरेको थियो।
अनुसन्धानमा संलग्न प्रहरीलाई निलम्बन
यस्तै निर्मला पन्त हत्या प्रकरण बारे आजको नागरिक दैनिकले निर्मला पन्तका आफन्त र उल्टाखामका स्थानीय बासिन्दाले सुरुदेखि अनुसन्धानमा रहेर त्रुटि गर्ने प्रहरी टोलीलाई निलम्बन गरेर थप अनुसन्धान गर्न माग गरेको समाचारलाई विषेश स्थान दिएको छ । समाचार भनिएको छ्, ‘प्रहरीले अनुसन्धानमा त्रुटि गरेको र प्रमाण नष्ट गरेर घटना ढाकछोप गर्न र दोषी बचाउन भूमिका खेलेको प्रमाणित भइसकेपछि पनि अनुसन्धानमा खटिएका सबै प्रहरीलाई निलम्बन गरेर अनुसन्धान गर्नुपर्छ’, स्थानीय महिला अधिकारकर्मी विमला बिष्ट भन्छिन्, ‘उनीहरू बाहिर रहेमा प्रमाण नष्ट गर्न सक्छन्।’
उच्चस्तरीय छानबिन समितिका संयोजक हरिप्रसाद मैनालीले निर्मला हत्याको घटना अनुसन्धानमा सुरुमा प्रहरीबाट त्रुटि भएको पाइएको बताएका छन्। यसैगरी भदौ ७ र भदौ ८ गते गोली चलाउनुपर्ने अवस्था नभएको उनको भनाइ छ।
नागरिकमै ’निर्मलालाई न्याय देउ’ शिर्षकका समाचार लेखिएको छ । यो भनाई निर्मलाका आमाबुवाको भनाई हो । आफ्नी छोरीको बलात्कारपछि हत्या गरिएको महिनौ वितिसक्दा पनि न्यायको कुनै आशा नचभएको देखिए पछि विहिबार काठमाडौंको माइतीघरमा न्यायको माग गर्दै विरोध प्रदर्शन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
विरोध प्रदर्शनमा सहभागी भएकाहरुले घटना भएको ४९ दिन वितिसक्दा समेत सरकार गम्भीर नबनेको भन्दै सांकेतिक विरोध स्वरुप मैनवत्ती समेत बालेका छन्। कञ्चनपुरबाट न्यायका लागि उठाइएको आवाज नसुनिएको भन्दै नागरिक समाजले प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराउन सिंहदरवार नजिकै मैनवत्ती बालिएको बताएको छ। घटना भएको यतिका दिन वितिसक्दा समेत सरकार गम्भीर नबनेको भन्दै सहभागीहरुले आक्रोश समेत व्यक्त गरेका छन्। कार्यक्रममा निर्मलाका आमाबुबा समेत सहभागी भएपनि उनीहरुले केहि बोल्न सकेनन्।
निर्मला हत्या प्रकरणबारे आजको राजधानी दैनिकले मुख्य पृष्ठमै न्यायको आस शिर्षकको समाचार छापेको छ । समाचारमा हिजो माईती घरमा गरिएको पदर्शनको कुरा जनाईएको छ । यस्तै राजधानीकै भित्रि पृष्ठमा निर्मला हत्या प्रकरण थाल ठट्टाउदै जुलुस शिर्षकका समाचार छापेको छ र समाचारमा कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्या घटनामा संलग्नलाई कारवाहीको माग गर्दै शुरुआतबाटै आन्दोलनरत आमा समूह फेरि आन्दोलित बनेका छन । निर्मला हत्याकाण्डको विरोधमा महिला दवाद समूहले आज बिहबार सदरमुकाम महेन्द्रनगरको स्थानीय मदनचोकमा थाली बजाएर प्रर्दशन गरेका छन ।
वास्तविक अभियुक्त पहिचान गर्न नसक्नु प्रहरी प्रशासन लाई फलामको चिउरा चपाउनु जस्तै बनेको छ । तत्काल अपराधी पत्ता नलाग्नु र प्रमाण नष्ट गर्नेमाथि कारवाही नहुनुले महेन्द्रनगरमा आक्रोश बढ्दै गइरहेको महिला दबाब समूहकी संयोजक हेलन श्रेष्ठले बताइन् । प्रर्दशनमा स्थानिय महिलाहरुले खाना खाने थाल र चम्चासहित सडकमा उत्रेका छन । दवाब समुहले स्थानिय मदनचोकमा धर्ना दिएका छन ।
निर्मलालाई न्याय दिलाउन र हत्यारा पत्ता लगाउन ढिलाइ भइरहेको भन्दै सरकारको विरोध गरेका छन् । गौरा र तीजमा स्थगित भएको आन्दोलने फेरि शुरू हुन थालेको छ ।
निर्मलाका हत्यारालाई सार्वजनिक गर्नुपर्ने र बलात्कारीलाई फाँसीको सजायका लागि संविधान संशोधन गर्न दबाब दिन बुधबार कालो साडीमा तीज मनाएको दबाब समूहकी संयोजक श्रेष्ठले बताइन् ।
दवाव समुहका महिलाहरु लाई स्थानिय युवाहरुले पनि सर्मथन गरेका थिए । निर्मलाका वास्तविक अभियुक्त पहिचान गर्न हत्यारालाई कारवाहीको माग गर्दे थाली जुलुस प्रर्दशन गरेको उनले बताईन । वास्तविक बलात्कारी पक्राउ गरेर कारवाहीको माग गर्दै फेरि सडकमा आएको उनले भनिन ।
हत्याकाण्डका आरोपमा पक्राउ परेका दिलिपसिंह विष्टलाई जनदबाब र प्रमाण नपुगेपछि छाडिएको छ भने शंकास्पद बम दिदीबहिनी रोशनी र बबितालाई पनि प्रहरीले छाडेको छ ।
राष्ट्रिय मानवअधिकार आयोग र उच्चस्तरीय छानबिन समितिले अनुसन्धानमा तत्कालीन प्रहरी टीमले गम्भीर त्रुटि गरेको सार्वजनिक गरेका छन् ।