मापदण्ड टुंग्याउन नेकपाको सचिवालय बैठक

२८ भाद्र २०७५, बिहीबार १७:५१

काठमाडौं । प्रदेश तथा जिल्ला कमिटी नेतृत्वको लागि मापदण्ड तय गर्न नेपाल कम्युनिष्ट पार्टिको बैठक बसेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रदेश तथा जिल्ला अध्यक्ष महासचिव विष्णु पौडेलले प्रस्ताव गरेका छन् । बैठकमा नयाँ मापदण्ड बारे छलफल हुने सचिवालय स्रोतले जनाएको छ ।

नेकपाले नेतृत्व चयनको लागि सबै प्रदेशमा छुट्टाछुट्टै कार्यदल बनाएको थियो । कार्यदलले अध्यक्ष, सचिव सदस्यको लागि महासचिव समक्ष नाम सिफारिस गरिसकेको छ । ७ प्रदेश र २२ भन्दा बढी जिल्लामा नेतृत्वलाई लिएर विवाद भएपछि महासचिव पौडेलले अध्यक्षका लागि नयाँ मापदण्ड प्रस्ताव गरेका हुन ।

बिहीबारको सचिवालय बैठकमा मापदण्डबारे छलफल र टुंगो लाग्ने अनुमान गरिएको छ । प्रदेश अध्यक्ष र सचिव तथा इन्चार्ज र सहइन्चार्ज तोक्नुअघि तत्कालीन एमाले र माओवादीले कुनकुन प्रदेशमा कुन पद लिने भन्ने टुंगो बैठकबाटै लगाइनेछ ।