दुबई जाने नेपाली विमान मलेसियामा

२६ भाद्र २०७५, मंगलवार ०७:१७

काठमाडौं । नेपाली ध्वाजाबाहक विमानलाई दुबैको उडान रद्द गरेर मलेसिया लगिने भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
समाचार अनुसार पर्यटन प्रबर्द्धनसम्बन्धी नेपालमा शाखा भएको एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले मलेसियामा बुधबारदेखि आयोजना गर्न लागेको तीनदिने मेलामा भाग लिनका लागि राष्ट्रिय ध्वाजाबाहक एरलाइन्सको आइतबार रातिको दुबई उडान रद्द गरेर विमान सोमबार मलेसिया लगिएको छ।

नेपाल वायु सेवा निगमको उच्च स्रोतका अनुसार, उक्त मेलामा भाग लिन निगमको कार्पोरेट विभागका रविन्द्र श्रेष्ठ र कमर्सियल विभागका निर्देशक कृष्णगोपाल जोशीसहित ३७ जना नेपालीको टोली सोमबार बिहान साढे नौ बजे काठमाडौंबाट उडेको छ।
यसमा निगमका ४ कर्मचारीसहित पाटा नेपाल, पर्यटन बोर्ड, पर्यटन व्यवसायी र पत्रकार छन्। १ सय ५८ सिट क्षता भएको उक्त न्यारो बडी एयर विमानमा ६५ जना अन्यले टिकट काटेका यात्रु रहेका छन्।