जव चाँडपर्व भित्रिन्छन अनि तरकारीको मूल्य बृद्दि आकाशिन्छ । र आम उपभोक्ताहरुको ढाँड नै सेक्ने गरी यो मूल्य बृद्दिले सबैलाई पिरल्लो नै परिरहेको हुन्छ । अहिले पनि त्यहि भइरहेको छ ।
सेतो आलु–३५, स्थानीय काउली– ६५, बोडी– ८५, रायोको साग–६५ प्रतिकिलो। २०७५ भदौ २४ गते सेतो आलु–६८, स्थानीय काउली– १२५, बोडी– ८५, रायोको साग–१२५ प्रतिकिलो।
यो तथ्यांकले गत वर्षको तुलनामा अहिले तरकारीको मूल्य बढेको देखिन्छ।
गत वर्ष भदौ २४ गते कालिमाटी फलफूल तथा तरकारी बजारमा बिक्री भएको तरकारीको खुद्रा मूल्यलाई यो वर्ष सोही दिनसँग तुलना गर्दा ३३३ प्रतिशतसम्म भाउ बढेको छ।
चाडबाड नजिकिँदै गर्दा तराकारीको भाउ अचाक्ली बढेपछि उपभोक्ता मारमा परेका छन्। बर्खाले तरकारी उत्पादनमा गिरावट आएपछि महंगिएको व्यवसायी बताउँछन्।